Sajhamanch Archive

एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुग्यो

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

टोकियो,। जापानको क्योतो एनिमेसन स्टुडियोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

क्योतो शहरमा रहेको स्टुडियोमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् । प्रहरीले ४१ वर्षीय संदिग्ध व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको बताएका छन् । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ परेका ब्यक्ति पनि घाइते भएका कारण अस्पतालमा भर्ना गरिएको छ ।

क्योतो एनिमेसन स्टुडियो जापानको प्रख्यात एनिमेसन स्टु्डियो हो । आगलागीका कारण स्टुडियो पूर्णरुपमा जलेर नष्ट भएको छ । क्योतो एनिमेशन सन् १९८१ मा स्थापना भएको हो । त्यसले ‘के–अन’ र ‘द मेलन्कली अफ हारुही सुजुमिया’ जस्ता एनिमेशन कार्यक्रमहरू बनाएको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *