Sajhamanch Archive

काबुल विश्वविद्यालयमा बम विस्फोट, ४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

काबुल  ।  अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रवार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

स्थानीय समयाअनुसार शुक्रवार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ  यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *