Sajhamanch Archive

समुदायिक वनमा पुस्तकालय ।। आधा सत्यको विमोचन  ।। 

Published: in शिक्षा by .

भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर ९ ले आफ्नो हाताभित्र पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले सो पुस्तकालयको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।

समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णु शिवाकोटी र नवराज घिमिरेलाई सम्मान समेत गरिएको थियो ।

समारोहकै बीच साहित्य साधक प्रश्रितको ७७औं जन्मोत्सवसमेत मनाइएको छ । कार्यक्रममा राजेन्द्र सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले ‘आधा सत्य’ नामक उपन्यासको बिमोचन गरेका छन् ।

झापाकी भगवती ढुंगेलको पुस्तक आधा सत्य काठमाडौँमा विमोचन गरिएको हो ।

पुस्तक विमोचन कार्यक्रममा मन्त्री पण्डित, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराल, वरिष्ठ कथाकार माया ठकुरी, राधेश्याम लेकाली लगायतले बोलेका थिए ।

प्रेममा आधारित उपन्यास आधा सत्य आजको पुस्तालाई समेटेर लेखिएको छ । उक्त पुस्तक जन्म दिने आमा सत्य हो, अरु सबै विश्वास पात्र मात्र हो भनेर विश्लेषण गर्न खोजिएको लेखिका ढुंगेलले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *