Sajhamanch Archive

एसइइको रिजल्ट छानविन गर्न समिति गठन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल र मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी छन् । शनिबार प्रकाशित नतिजालाई लिएर जनस्तरमा समेत तीब्र आलोचना भएपछि छानविन समिति गठन गरिएको मन्त्रालले जनाएको छ ।

मन्त्रालयले समितिलाई नतिजामा देखिएको त्रुटिका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न र आगामी दिनमा त्यसप्रकारको समस्या आउन नदिन अपनाउनु पर्र्ने उपायसहितको राय दिन निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *