Sajhamanch Archive

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

Published: in विविधा, विश्व समाचार by .

कान्दहार। अफगानी सुरक्षा फौजको कारवाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरू १७ जना लडाकु घाइते भएका छन् ।

सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारवाही प्रहार गरेको बताए । तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो आबद्ध सेनाले गरेको हो भन्ने केही खुलाइएको छैन ।

आक्रमणबाट हातहतियार र विस्फोटक पदार्थ पनि नष्ट भएको छ । मुलुकका ३४ मध्ये २० वटा प्रान्तमा गत अप्रिलदेखि भिषण आक्रमण–प्रत्याक्रमण जारी छ ।

अफगान युद्धको शान्तिपूर्ण समाधान खोज्न कतारमा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहे पनि अफगानिस्तानभित्र युद्ध भने निरन्तर चलिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *