Sajhamanch Archive

मेची भन्सार कार्यालयः मुद्धा फस्र्याेटबाट मात्रै ३ करोड बढी राजस्व संकलन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

मेचीनगर । मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा दर्ता भएका मुद्घा फस्र्याेटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ बाट सरी आएका १७ तथा वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा दर्ता भएका ५ सय ३२ गरी कुल ५ सय ४९वटा मुद्घामध्ये ५ सय ३० वटा फस्र्याेट भएको कार्यालयको मुद्घा शाखाले जनाएको छ । सो वापत कार्यालयले ३ करोड ३६ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।

झापाका विभिन्न नाकाबाट अवैधरुपमा हुने चोरीका मुद्दामा निकासी भन्दा पैठारीका बढी हुने गरेको छ । कार्यालयमा दर्ता भएका चोरी पैठारी सम्बन्धिका मुद्दा मध्ये अधिकाँश पैठारीका भएका कारण यसले पनि पुष्टि गर्ने भन्सार अधिकारीहरुको भनाई छ । अधिकाँश पैठारीका मात्र चोरी मुद्दा दर्ता भएको निकासीतर्फका पुग नपुग एक प्रतिशत रहेको मुद्दा शाखाका नायव सुब्बा छत्रबहादुर आले मगरले बताए ।

कार्यालयमा जति कमि मुद्दा दर्ता हुन्छन त्यति नै प्रहरी प्रसाशनको सक्रियता बढेको देखिने कार्यालयले जनाएको छ । चोरी पैठारीमा यातायातका साधनदेखि मोटर पार्टस, खाद्यन्न, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पललगायतका सामान रहेका छन् । झापाका विभिन्न नाकाबाट अवैधरुपमा हुने चोरी पैठारी नियनत्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारी समेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताउनुभयो । जिल्लाका जुनसुकै क्षेत्रबाट पनि पक्राउ गरिए पनि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायले प्रतिवेदनसहित मेची भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *