Sajhamanch Archive

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

Published: in टिप्स/जानकारी by .

काठमाडौं । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो संस्करण भब्य रुपमा सम्पन्न भएको थियो ।

अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म रहेको छ । २०७५ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीतहरुले अवार्डमा सहभागी हुन पाउने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुनेछ ।

अवार्ड ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गित संगितको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *