वन कार्यालयले सामुदायिक विद्यालयमा इको शैक्षिक सामाग्री तथा डस्विन वितरण
Published:
by .शिवसताक्षी । स्कुल वन हरियाली विकास कार्याक्रम अन्तर्गत जिल्ला वन कार्यालय झापाले यहाँको एक सामुदायिक विद्यालयलाई विभिन्न प्रजातिका विरुवासहित शैक्षिक सामाग्री तथा फोहोर हाल्ने डस्विन वितरण गरेको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ७ को भानु माध्यमिक विद्यालयमा मंगलवार जिल्ला वन कार्यालय झापाले एक कार्यक्रमको आयोजना गरि ईको वाल क्लव गठन गरेर सामाग्री हस्तान्तरण गरेको हो । जिल्ला वन कार्यालय झापा अन्तरगत ईलाका वन कार्यालय केर्खा झिलझिलेकी रेन्जर रुकमिला भण्डारी र वन कार्यालयका कर्मचारी चुडामणी प्रसाई नेतृत्वको टोलीले विद्यार्थीलाई वनको महत्व, वृक्षारोपणको आवश्यकता र वन वातावरण सम्वन्धि प्राविधिक सुझाउ दिएका थिए ।
वन कार्यालयले वनको आवश्यकता र वोट विरुवाको महत्व घर घरमा पुर्याउने उद्धेश्यले विद्यालय मार्फत यो अभियान शुरु गरेको हो । वोट विरुवा मार्फत जलवायु परिवर्तमा परेको प्रभावका वारेमा पनि विद्यार्थीलाई वन कार्यालयको टोलीले प्रकाश पारेको थियो । ईको वाल क्लवलाई वन कार्यालयले ४ थान फोहोर हाल्ने डस्वीन र टिनकोे बाकससहित शैक्षिक सामाग्री समेत वितरण गरेको वन कार्यालयका कर्मचारी चुडामणी प्रसाईले जानकारी दिए ।
बन कार्यालय ५० हजार विरुवा वितरण गर्ने योजना बनाएको र यस विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई निशुल्क विरुवा वितरण गरिने भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरले बताए ।
यसैबीच वन कार्यालयले कक्षा ६ देखि ९ कक्षासम्म अध्ययन गर्ने विद्यार्थी मध्येवाट नविन रसाईलीको अध्यक्षतामा ९ सदस्यीय ईको वाल क्लव गठन गरेको छ । सो समितिको उपाध्यक्षमा सविना भुलेल, सचिवमा एन्जीला गौली, सह सचिवमा जिवन कार्की र कोषाध्यक्षमा अन्जु मुखिया चयन भएका छन् ।
जिल्ला वन कार्यलय झापाले राष्ट्रिय वृक्षारोपण (असार १४) दिवसको अवसर पारेर ईलाका वन कार्यालय केर्खा झिलझिलेवाट विभिन्न प्रजातिको वोट विरुवा निशुल्क वितरण गर्ने भएको छ । जिल्ला वनले विरुवाको अधिकत प्रयोग गरेर वातावरण सन्तुलनमा ल्याउन सवै उपभोक्तालाई अनुरोध समेत गरेको छ । विरुवा वितरणवाट शिवसताक्षी, कमल गाँउपालिका, गौरिगज गाँउपालिका र गौरादह नगरपालिकाका सयौ स्थानिय लाभान्वित हुने जिल्ला वन कार्यालय झापाले जनाएको छ ।
Comments