Sajhamanch Archive

भारतका दुई राज्यमा चट्याङले २४ घण्टाभित्र ३६ को मृत्यु

Published: (Updated: ) in विविधा, विश्व समाचार by .

लखनउ । उत्तर प्रदेशमा आइतवार राति चट्याङमा परेर ३२ जनाको ज्यान गएको छ। यस राज्यको अलग-अलग जिल्लामा ३२ को ज्यान जाँदा १३ जना घाइते भएका छन्।

कानपुर र फतेहपुरमा सबैभन्दा धेरै ७-७ जनाको मृत्यु भएको छ। राजस्थानको झालावाडमा पनि महिलासहित चारजनाको ज्यान गएको छ। पाली जिल्लामा २७ जना मजदुर घाइते भएका छन्।

यी मानिस आइतवार पानीबाट जोगिन रुखमुनि ओत लागेका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्राकृतिक बिपत्तिमा दुस्ख जनाएका छन्।

उनले मृतकका परिवारलाई ४-४ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *