Sajhamanch Archive

‘तीजैमा ब्रत बसी…’को म्यूजिक भिडियो सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, भिडियो by .

काठमाडौं । गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…’ सन्देशमुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी…’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी…’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान, सारिका र गीतालगायतका कलाकारको अभिनय रहेको तीज गीत ‘तीजैमा ब्रत बसी…’को भिडियोलाई गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, किर्तिमानी गीतकार डा. डीआर उपाध्याय, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीताकार तथा सञ्चारकर्मी शान्तिपृय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।

गीत सार्वजनिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथिहरुले गीतमा मौलिकता रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको बताएका थिए ।

नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज, एचवीन किस्मतको अडियो मिक्सिङ रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन् । रामसिंह भाटको उपसम्पादन रहेको भिडियोमा सञ्जु ढकालको श्रृङ्गार रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *