बलात्कार आरोपमा रोनाल्डोलाई राहत
Published:
by .बलात्कारको आरोप झेलिरहेका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राहत मिलेको छ । अमेरिकी अभियोजनकर्ताले रोनाल्डोमाथि लागेको यौन दुर्व्यवहारको बिषयमा कुनै सजाय भोग्न नपर्ने बताएका छन् ३४ बर्षिया क्याथरी मेरागाले सन् २००९ मा लास भेगास होटलमा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप लगाएकी थिईन् ।सन् २०१० मा घटनाको बिषयमा अदालत बाहिर दुवै पक्षबीच सहमती भएको थियो ।
तर सन् २०१८ मा सो मुद्दा पुनः ब्युँतिएको थियो । जो आरोपलाई रोनाल्डोले अस्विकार गर्दै आएका थिए ।‘यस बिषयमा सुचनाको समिक्षाको आधारमा रोनाल्डोविरुद्व लागेको आरोपको पुष्टि हुन सक्दैन ।
त्यसैले आगामी दिनमा कुनै सजाय हुनेछैन’, बक्क्तव्यमा भनिएको छ ।अमेरिकाको क्लर्क काउन्टी जिल्लामा पिडितले सन् २००९ मा आफुमाथि भएको घटनाको निवेदन दिएकी थिईन । तर घटना भएको स्थान र ब्यक्तीको बिषयमा बोल्न अस्विकार गरेकी थिईन् । सोही कारण प्रहरीले कुनै सार्थक पहल गर्न सकेको थिएन ।सन् २०१८ मा लास भेगास पुलिसले पिडितको अनुरोधमा पुनस् घटनाको अनुसन्धान सुरु गरेका थिए ।
जर्मन पत्रिकाले पहिलो पटक घटनाबारे एक सामाग्री प्रकाशन गरेको थियो ।घटना बाहिर नल्याउने शर्तमा सन् २०१० मा अदालत बाहिर करिब ४ करोड रुपैयाँमा दुवै पक्षबीच सहमती बनेको थियो । तर मेरागाका वकिलले मिटु अभियानबाट प्रेरित भएर घटना पुनस् बाहिर ल्याएको बताएका थिए ।रोनाल्डोले सन् २००९ मा लास भेगासमा भेटिएको कुरालाई स्विकार गरेका थिए ।
तर घटना दुवै पक्षको सहमती भएको रोनाल्डोको दाबी थियो ।रोनाल्डो त्यो समय म्याचनेष्टर युनाईटेडबाट खेल्ने गर्दथे । त्यसपछि उनी स्पेनिस क्लब रियल मड्रिडमा ९ बर्ष समय बिताए । गत बर्ष जुलाईमा उनी युभेन्ट्स आएका थिए । उनले पाँच पटक वालेन डी ओरको उपाधि जितेका छन् ।(एजेन्सी )
Comments