प्रदेश १ सरकारद्वारा महिला फुटबलरलाई १ लाख
Published:
by .विराटनगर । प्रदेश १ सरकारले साफ महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली टिमलाई मंगलबार नगदसहित सम्मन गरेको छ ।
विराटनगरमै सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा प्रदेश सरकारले नेपाली टोली फाइनल पुगेको खण्डमा कम्तिमा १ १ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो ।
सोही घोषणाअनुसार प्रदेश सरकारले मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाली महिला खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको हो । प्रतियोगितामा नेपालले भारतसँग ३ १ गोलको नतिजाबाट हार व्यहोरेको थियो ।कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राईले खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान व्यक्त गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, एन्फाका प्रवक्ता किरण राईलगायतको उपस्थिति रहेको थियो । यसअघि विराटनगर महानगरपालिकाले सोमबार मात्र महिला फुटबलरलाई जनही ५० हजारसहित सम्मान गरेको थियो ।
Comments