Sajhamanch Archive

मुसहर बस्तीको विकासमा अग्रसर भए जनप्रतितिधीहरु

Published: in विविधा by .

विर्तामोड । बिर्तामोड नगरपालिका ३ स्थित अदुवा खोलाको बगरमा रहेको मुसहर वस्तीको विकासका लागि जनप्रतिनिधिहरु अग्रसर देखिएका छन् ।

राज्यको आधारभुत सुविधाबाट वञ्चित लोपोन्मूख मुसहर समुदायको विकास गर्न एकपछि अर्को जनप्रतिनिधि जुटेका हुन् । बिर्तामोड नगरपालिका वडा न ३ का वडाध्यक्ष भोजराज सिटौलाको अगुवाईमा मुसहर वस्तीमा खानेपानी, ट्युवेल, शौचालय र फलामे पुलको निर्माण गरिएको हो । ११ घर परिवार रहेका मुसहरहरुले एउटै ट्युवेल बाट खानेपानीको निर्वाह गर्दै आएका थिए । त्यहा वडाको बजेट बाट थप ५ वटा ट्युवेल निर्माण गरिएको हो । त्यसैगरी उनीहरु सवैले अदुुवा खोलाको बगरमा दिशा पिशाव गर्ने गरेका थिए । त्यसलाई मध्यनजर गरी ४ वटा शौचालय निर्माण गरिएको छ ।

त्योसंगै आवतजावतको समस्यालाई लिएर बिर्तामोड नगरपालिकाको सहयोगमा अदुवा खोलामा फलामे पुल बनाईएको छ । मुसहर वस्ती विकास निर्माण उपभोतmा समिति द्धारा ७ लाख रुपैयाको लागतमा पुल निर्माण गरिएको हो । पुलको नम्बर प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा कार्कीले ओझेलमा परेको मुसहर वस्तीकालागि विजुली र बाटो निर्माण गरिदिने उद्घोष गरे । आगामी मंसिर महिना भित्र मुसहर वस्तीमा विद्युत विस्तार गरिदिने बताउँदै सांसद कार्कीले आफ्नो कार्यकाल भित्र पक्की पुलसहित बाटो बनाईदिने समेत प्रतिवद्धता व्यक्त गरे । त्यहाँ रहेका ११ घर मुसहरका लागि आवासको व्यवस्था मिलाइदिने समेत दुवै जनप्रतिनिधिले प्रतिवद्धता व्यक्त गरे ।

मुसहर वस्ती विकास निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रसिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा न ९ का वडाध्यक्ष पवित्रा पाठकको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन इन्द्र श्रेष्ठले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *