Sajhamanch Archive

गोपनियता संरक्षण गर्न नसक्दा फेसबुकलाई पाँच अर्ब डलर जरिवाना

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

विराटनगर । विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकलाई अमेरिकाले पाँच अर्ब डलर जरिवाना तिराउने निर्णय गरेको छ । गोपनीयता संरक्षण गर्न नसकेको दाबि गर्दै अमेरिकाले पाँच अर्ब डलर जरिवाना तिराउने निर्णय गरेको हो ।

फेसबुकले मासिक करिब दुई अर्ब डलर आम्दानी गर्छ । अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)ले जरिवाना तिराउने निर्णय गरेपछि फेसबुकको अढाई महिनाको आम्दानी गुमाउनेछ । बीबीसीका अनुसार एफटीसीले फेसबुककालागि गरेको हाल सम्मकै ठूलो जरिवाना हो ।

एफटीसीका अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयताको संस्कृति विकास गर्न जरिवाना लगाइएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

व्यक्तिगत गोपनीयता संरक्षण नगरेको आरोपमा फेसबुकमाथि अनेक आरोपहरु लाग्दै आएका छन् । समाचारमा जनाइए अनुसार राजनीतिक परामर्शदाता कम्पनी क्याब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेपछि एफटीसीले छानबिन सुरु गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *