Sajhamanch Archive

‘झापा कुप्स स्टेण्डर्ड’ सार्वजनिक, कार्यान्वयनमा संघ क्रियाशील

Published: (Updated: ) in मुख्य समाचार, सहकारी, by .

बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडले सबल सहकारी अभियानका लागि ‘झापा कुप्स स्टेण्डर्ड’ तयार गरेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि कार्यान्वयन गर्ने गरी तय गरिएको मापदण्ड पत्रकार सम्मेलन गरी संघले सोमबार सार्वजनिक गरेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको अध्ययन र झापाली सहकारी आन्दोलनको विष्लेषण गरी मापदण्ड तयार पारिएको जिल्ला संघका अध्यक्ष गणेश ढकालले बताएका छन् । नेपालको सहकारी अभियानमा जिल्लास्तरमा तयार गरिएको यो नै पहिलो मापदण्ड हो ।

मापदण्ड निर्माण गर्दा झापा शब्दको अंग्रेजी अक्षरलाई आधार मानिएको मापदण्ड निर्माण समितिका संयोजक तथा संघका सहसचिव भानु दंगालले जानकारी दिएका छन् ।

अंग्रेजी अक्षर जेएचएपीएबाट बनेका शब्दावलिलाई समान २० अंकभार दिएर १०० पूर्णाङ्कको मापदण्ड तयार गरिएको उनले बताए । ‘झापा कुप्स स्टेण्डर्ड’का लागि ८४ वटा सुचक समेटिएको छ ।

झापामा क्रियाशील सहकारीको विकासमा मापदण्ड महत्वपूर्ण साबित हुने संघको दाबी छ । मापदण्ड स्वेच्छिक पालना र कार्यान्यनमा खुल्ला हरेको संघले प्रष्ट पारेको छ । संघले तयार पारेको मापदण्ड पहिलो पटक ६० वटा सहकारीलाई समावेश गरी कार्यान्वयनमा ल्याइने बताइएको छ ।

‘पहिलो चरणमा ६० सहकारीको ६ वटा ब्लक निर्माण गरिने र संघसँग भएको साधन, स्रोतको अधिकतम् उपयोग गरी कार्यान्वयनमा सहयोग पुर्याइने’ मापदण्ड सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ढकालले बताए  ।

जिल्लामा सहकारीको संख्यात्मक बृद्धि भए पनि गुणात्मक पक्ष कमजोर देखिए पछि त्यसको सुधारमा संघ जुटेको हो । संघले आफूसँग भएको जनशक्ति र स्रोत साधनको अधिकतम् प्रयोग गर्दा पनि सहकारी व्यवसायको विद्यमान अवस्थामा सुधार नभए बाह्य स्रोत साधनको उपयोग नीति तय गरेको छ ।

संघले तयार पारेको मापदण्ड कार्यान्वयन भए झापा सहकारी हव बन्ने विश्वास व्यक्त गरिएको छ । संघले पल्स अवधारणमा आधारित भएर मापदण्ड तयार गरेको हो ।

यो कार्यान्यनमा आए सहकारीले आपसी रुपमा संयुक्त लगानीको कम्पनीसमेत सञ्चालन गर्न सक्ने बाटो खुल्नेछ । त्यसका लागि हरेक सहकारीको आन्तरिक स्वास्थ्य राम्रो हुनु पर्नेछ ।

पछिल्लो सहकारी ऐनले जिल्ला संघलाई नियमन गर्ने अधिकार उन्मुख गराएपछि संघ सहकारीको दिगो विकासमा अग्रसर भएको हो ।

संघका अध्यक्ष गणेश ढकालले सबै स्तरको सहकारीको मापदण्ड तयार पार्न झापा कुप्स सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘यो स्वेच्छिक मापदण्ड हो, कसैलाई जबरजस्त पालना गर्न बाध्य पारिने छैन । तर, कमजोर देखिएका र भएका सहकारी मापदण्ड अनुसार चले सफल बन्छन् ।’

मापदण्ड कार्यान्वयनका लागि संघले सहयोग गर्ने र सम्बन्धित सहकारीको महत्पूर्ण योगदान हुनुपर्ने अध्यक्ष ढकालको भनाई छ ।

संघका सहसचिव भवानीप्रसाद दंगाल संयोजक रहेको मापदण्ड निर्माण उपसमितिमा संघका सदस्यहरु अर्जुन दंगाल, चूडामणि ओझा र प्रेम कोइराला रहेका थिए । उपसमितिले तयार पारेको खाका संघले आवश्यक संशोधन गरी अवधारणा तयार पारेको हो ।

स्वअनुशासनमा रहेर सहकारीले मापदण्ड अनुरुप अघि बढ्ने अधिकार राख्छन् । संघका सचिव युवराज ढकालले भने, ‘झापा कुप्स स्टेण्डर्ड मौलिकता भित्रको दृष्टिकोण हो ।’ उनले मापदण्ड कसैलाई पनि नलादिने स्पष्ट पार्दै स्वायत्त र स्वतन्त्रताको उच्चतम् अभ्यास र प्रयोग सहकारी आन्दोलनको अभिन्न पक्ष भएको स्पष्ट पारे ।

‘झापा कुप्स स्टेण्डर्ड’ बारे दमकमा अनुशिक्षण

सोमबार बिहान बिर्तामोडमा पत्रकार सम्मेलन गरी ‘झापा कुप्स स्टेण्डर्ड’ सार्वजनिक गरेसँगै जिल्ला संघले दिउँसो दमकमा मापदण्ड कार्यान्वयनका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

माइपश्चिम क्षेत्रका सहकारी अभियन्ताबीच गरिएको अनुशिक्षणमा मापदण्डमा समाविष्ट विभिन्न वक्षका बारेमा अन्तरसंवाद गरिएको थियो ।

जिल्ला संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित अनुशिक्षणमा मापदण्ड निर्माण उपसमितिका संयोजक भानु दंगालसहित सदस्यहरु अर्जुन दंगाल र चूडामणि ओझाले अवधारणा माथि प्रकाश पारेका थिए ।

मापदण्डमा सदस्यलाई न्याय र सुरक्षणमा २० अंक, स्वस्थ संस्थामा २० अंक, जवाफदेहिता र वैधानिकतामा २० अंक, नीति र योजनामा २० अंक तथा व्यवस्थापनको क्षमतामा २० अंक वर्गीकरण गरिएको जनाइएको छ ।

सोही प्रकृतिको कार्यक्रम माइपूर्वका सहकारीहरुका लागि यसै साता बिर्तामोडमा गरिने तय भएको सचिव युवराज ढकालले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *