झापामा सर्पदंशका विरामीको संख्यामा बृद्धि
Published: (Updated: )
by .झापा । बर्षायामको समयमा तराईका जिल्लाहरुमा सर्पदंशका बिरामीको संख्यामा बृद्धि भएको छ । बैशाखदेखि कार्तिकसम्म तराईमा सर्पको डर हुन्छ । गर्मि र बर्षातको समयमा सुरक्षित स्थलको खोजिमा सर्पहरु सल्बलाउने गर्छन् ।
बर्षयाममा वासस्थानहरुमा पानी पसेपछी सुख्खा स्थानतर्फ जान्छ । जहाँ मान्छेको बसोबास हुन्छ । यस क्रममा सर्पले मानिसलाई डस्ने गर्दछ । कन्काई नगरपालिका ४ स्थित कोटीहोममा रहेको कनकाई साहारा सर्पदंश उपचार केन्द्रमा आजभोली दैनिक ७ जनासम्म सर्पदंश बिरामीहरु उपचारका लागी आउने गरेका छन् ।
गत बर्षको सिजनको चैत्रसम्म आईपुग्दा २ सय ५० जना र चैत्रदेखि श्रावण सम्ममा १ सय जना सर्पदंश बिरामीहरुको उपचार गरीएको तथ्याङ्गमा उल्लेख छ । जसमा २५ जनालाई बिषालु सर्पले डसेको कनकाइ सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
झापामा तीनओटा सर्पदंश उपचार केन्द्रहरु रहेका छन् । तीनवटै पूर्वपश्चिम राजमार्ग आसपास रहेका छन् । ग्रामिण भेगका सर्वसाधारणहरुलाई सर्पले डस्दा घन्टौ लगाएर उपचार केन्द्रसम्म पुग्नु पर्ने बाध्यता रहेको छ । कन्काई साहारा सर्पदंश उपचार केन्द्रमा जिल्लाको मध्यभागमा पर्ने भएकोले यहाँ कन्काई नगरपालिका, शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र बिर्तामोड नगरपालिका बाट बिरामीहरु संगै छिमेकी कुलुक भारत बाट पनि सर्पदंशका बिरामीहरु सेवा लिन आउने गरेका छन् ।
पूर्वका बिरामीहरु चारआली स्थित नेपाली सेनाको उपचार केन्द्रमा जान्छन् भने पश्चिमका बिरामीहरु दमकस्थित रेडक्रसको सर्पदंश उपचार केन्द्रमा जाने गरेका छन् । बर्षयाम सुरु भए सँगै सर्पदंशका बिरामीहरुको संख्यामा बृद्धि भएको केन्द्रले जनाएको छ । कन्काई सर्पदंश उपचार केन्द्रमा भेन्टीलेर सेवा समेत उपलब्ध रहेको छ । सर्पको डसाई बाट बच्न आफ्नो घर वरपर झाडी वा जंगल रहन नदिने, राती सुत्दा झुलको प्रयनेग गर्ने र सर्पले डसी हालेमा पायक पर्ने नजिकैको सपृ दंश उपचार केन्द्रमा लैजाने चिकित्सकहरुको सुझाव रहेको छ ।
ं
बर्षातको समयमा पहाड तथा चुर क्षेत्रहरुबाट पनि बिषालु सर्पहरु बगेर आउने गरेका छन् । जसमापनि यस बर्ष सर्पले डसेका बिरामीहरुको संख्यामा बृद्धी भएको हो ।
Comments