Sajhamanch Archive

नाइजेरियामा २३ जनाको गोली हानी हत्या

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । नाइजेरियाको आतंकवादी संगठन बोको हरामका बन्दुकधारीहरुले बोर्नो राज्यमा २३ जनाको हत्या गरेका छन् । अन्तिम संस्कार सकेर फर्किरहेका २३ जनाको हत्या गरिएको स्थानीय नागरिक सेना ९मिलिशिया० ले बताएका छन् ।

‘मैदुगुरी नजिक एक जना नातेदारको अन्तिम संस्कारमा सहभागी भएर फर्किरहेका एक पुरुषको समूहमाथि शनिबार मोटरसाइकलमा आएका आक्रमणकारीहरुले गोली चलाएका थिए’, स्थानीय मिलिशिया नेता बुनु बुकर मुस्तफाले भने ।

मुस्तफाले घटनास्थलबाट २३ जनाको शव प्राप्त भएको जानकारी दिएका छन् । नागनजाई जिल्लाका एक अधिकारीले पनि घटनामा र २३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

बोको हरामका बन्दुकधारी समूहले पटक– पटक नागनजाई जिल्लामा आक्रमण गर्दै आइरहेका छन् । गएको सेप्टेम्बर महिनामा पनि स्थानीयले आफ्ना घरपालुवा जनावर दिन नमानेका कारण आठ जनाको हत्या गरेका थिए ।

बोको हराम र उसको इस्लामिक स्टेट अफ् इराक र लेवन्त समर्थित आईएसडब्ल्यूएपी स्प्लिन्टरले बितेका केही महिनामा नागरिक र सैन्य शिविरमा आक्रमण बढाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *