Sajhamanch Archive

नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : प्रम ओली

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

आज हनुमान ढोकास्थित गद्धी बैठक भवन पुनःनिर्माण उद््घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सो भवनको पुनःनिर्माण रेक्ट्रो फिटिङका लागि सहयोग गरेकोमा अमेरिकी राजदूताबासमार्फत् अमेरिकी सरकारलाई आभार पनि प्रकट गरेका छन् ।

हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वको भएका प्रधानमन्त्रीको भनाई छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले २०७२ सालको भूकम्पले ९ हजारभन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको, सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको स्मरण गरेका छन् ।

 

“हामी भूकम्पले क्षतिग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ” प्रधानमन्त्री ओलीले भनेका छन् “हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।”

प्रधानमन्त्रीले भूकम्प पछिको पुनः निर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको बताए । संविधानसभाले संविधान जारी गरेर, नयाँ निर्वाचनमार्फत् सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

“राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं” ओलीको उद्घोष छ । फेरि पनि भूकम्प आउन सक्ने भएकाले अबको पुनःनिर्माण थप गुणस्तरीय हुनुपर्ने प्रधानमन्त्रीको सुझाब छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *