Sajhamanch Archive

अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड, १ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा चलिरहेको गिलरोय लसुन महोत्सवमा भएको गोलीकाण्डमा ११ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकारीहरूले एकजनाको मृत्यु भएको बताएका छन् । उनीहरूले घटनास्थलबाट एउटा बन्दूक र राइफलका गोलीहरू बरामद गरेका छन् । घटनास्थलमा प्रहरी, अग्निनियन्त्रक अनि आपतकालीन सेवाका कर्मचारीहरू उपस्थित छन् ।

विभिन्न सञ्चारमाध्यमहरूले गोली लागेर अनि भागदौडका क्रममा ४० जना घाइते भएको समेत लेखेका छन् ।  केही घाइतेको स्वास्थ्य अवस्था गम्भीर छ भने केहीलाई सामान्य चोटपटक लागेको छ ।

लगभग ३० वर्ष उमेरका एक बन्दूकधारीले राइफलबाट गोली चलाएको एकजना पसलेले देखेका छन् । उनले सान फ्रान्सिस्को क्रोनिकललाई बताए, ‘उसले सुरक्षा भेस्ट लगाएर आएको थियो । यसबाट उसले योजना बनाएरै आक्रमण गरेको देखिन्थ्यो । ऊ कुनै विशेष लक्ष्यलाई नताकिकन जथाभावी गोली चलाइरहेको थियो ।

प्रहरीले घटनामा दुईजना आक्रमणकारी संलग्न रहेको आशंका गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *