Sajhamanch Archive

चीन र अमेरिकाबीच पुनः वार्ता हुने

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । चीन र अमेरिकाबीच व्यापार युद्ध समाप्त गर्ने विषयमा मंगलबार पुनः वार्ता हुने भएको छ ।

व्यापार युद्ध समाप्त गर्न दुई महिना अगाडि भएको पहल विफल भएपछि मंगलबार फेरि दुई पक्षबीच वार्ता हुन लगोको हो । दुई देशबीच व्यापार तनावको असर व्यापारमा पनि परेको छ । चीनको प्रविधि कम्पनी हुवावेमाथि अमेरिकाले प्रतिबन्ध लगाएपछि दुबै देशबीच तनाव बढेको थियो ।

अमेरिकाका तर्फबाट वार्ताकारका रुपमा वित्तमन्त्री स्टीवन म्नूचिन र अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटाइजरले मंगलबार र बुधबार चीनका समकक्षीका साथ सांघाईमा वार्ता हुने बताइएको छ ।

जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी शी जिनपिङबीच वार्ता फेरि सुरु गर्ने बारेमा सम्झौता भएको थियो । वार्ताको मुख्य उद्देश्य दुबै देशबीचको व्यापार मुद्दा समाधान गर्नु रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *