शिवसताक्षीमा उपमेयर महिला फुटबल प्रतियोगिता हुने
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रदेश नं. १ स्तरीय उपमेर कप हुने भएको छ । शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेश स्तरीय नकाउट महिला फुटबल प्रतियोगिता हुने भएको हो ।
यही श्रावण १५ गतेदेखि २२ गतेसम्म हुने नकाउट फुटबल प्रतियोगितामा प्रदेश नंं १ का १० टिमले सहभागिता जनाउने खेलकुद विकास समितिमा अध्यक्ष फूर्वा लामाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले रु ५१ हजार, द्वितीय हुने टिमले ३१ हजार नगदसहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।
खेलकुद खेल्नका लागि मात्र नभई यसले नगरकै गरिमा उच्च राख्ने गरी खेलकुद सञ्चालन गर्ने नगरप्रमुख चन्द्रकुमार सेर्माले बताए । सेर्माले भने, शिवसताक्षी नगरपालिकाले खेलकुदका लागि अन्य नगरपालिकाको भन्दा बढी बजेट छुट्याएको छ । खेलकुदबाट यहाँका भाई बहिनीहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म पु¥याई नगरको गरिमा उच्च राख्ने गरी खेलकुद विकास समितिले काम गर्नु पर्ने नगरप्रमुख सेर्माको भनाई छ ।
महिलाहरु पनि फुटबलमा विशेष चासो राख्ने र शिवसताक्षीका महिला खेलाडीहरु प्रदेश स्तरीय टिमसम्म पुग्न सफल भएकाले उपमेयर महिला फुटबल प्रतियोगिताका आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष लामाको भनाई छ । उपमयर महिला फुटबल प्रतियोगिता झापा मै पहिलो हो । प्रतियोगितामा ४ लाख ५१ हजार खर्च हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।
शिवसताक्षी नगरले बर्षेनी सञ्चालन गर्ने मेयर कपबाट उत्पादिन खेलाडीहरु शिवसताक्षी नगरपालिका वडा नं. ११ का सजित राई अन्तराष्ट्रिय खेलमा सहभागी भएका छन् । त्यस्तै वडा नं. ०१ का सिमसन मोते, वडा नं. १० का मनिष लिम्बु, वडा नं. ७ का सुजन रिजाल, निषा माझी लगायतले राष्ट्रिय तथा प्रदेश स्तयरीय खेलमा सहभागीता जनाइसकेको अध्यक्ष लामाले बताए । उनले नगर खेलकुदको विकास लागी फुटबल, भलिबल र क्रिकेटका खेलाडीहरुलाई राम्रो प्रशिक्षक झिकाई प्रशिक्षण गराईने समेत जानकारी दिए ।
प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने भएको छ । नगरले यस आ.व.मा खेलकुदका लागि मात्रै ३० लाख बजेट छुट्याएको जनाएको छ । सोमबार शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिल पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा बारेमा जानकारी गराएको हो ।
Comments