Sajhamanch Archive

विर्तामोडमा नाटक रुवा मञ्चनको तयारी

Published: in टिप्स/जानकारी by .

बिर्तामोड । झापाको विर्तामोडमा नाटक रुवा मञ्चनको तयारी गरिएको छ । आर्ट स्टुडियोको प्रस्तुति रहेको नाटक रुवा आगामी साउन १५ गतेदेखि बिर्तामोड २ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मञ्चनको तयारी गरिएको नाटकका निर्देशक प्रकाश दाहालले बताए ।

जे शंकरको लेखन तथा प्रकाश दाहालको निर्देशन र सलिल सुबेदीको संगीत रहेको नाटक रुवामा शान्तादेबी पौडेल, माया सिटौला , मेनुका घिमिरे, मुना उप्रेती , कमला संग्रौला , गोमा बिमली र मनिसा सिटौलाको अभिनय रहेको छ ।

आर्ट स्टुडियोले बिर्तामोड २ चारपानेमा आयोजना गरेको नाट्य कार्यशालामा सहभागी ३४ वर्षदेखि ७२ वर्षसम्मका आमाहरुसँग उनीहरुको जीवन भोगाई र अनुभवहरुबारे छलफल गरि नाटक रुवा तयार पारेको नाटकका निर्देशक प्रकाश दाहालले बताए ।

नाटकले हामी, हाम्रो इतिहास, संस्कृति, राजनीतिक घटनाक्रम, बैदेशिक रोजगारीको कथा, राजनीतिक परिवर्तन, सामाजिक बिक्षिप्तता, महिला हिंसाको फरक फरक स्वरुप, राजनीतिक अन्धोपनले गरिखाने जनताले भोगिरहेको समस्या, बाल मनोविज्ञान, सडक दुर्घटना जस्ता बिषयवस्तुलाई समेटेको छ, नाटकका निर्देशक प्रकाश दाहालले भने ।

हाम्रो जीवनमा घटेका घटनाहरुको संयोजन नाटक रुवा भएको बताउँदै उनले नाटकमा प्रयोग भएको सेट, बिम्ब र प्रकाशको राम्रो संयोजन भएकाले सबै प्रकारका दर्शकले नाटक रुचाउने जानकारी दिए ।

आर्ट स्टुडियोले यसअघि नाटक लाटीको छोरो निमार्ण गरि सफलतापुर्वक मञ्चन गरिसकेको छ भने बिर्तामोडमा नाटक जीउँदो आकाश , बुधबारेमा फ्लप मंगलबारेमा हिट संयोजन गरि सफलतापूर्वक मञ्चन गरिसकेको छ । आगामी साउन १५ गतेदेखि २१ गतेसम्म बिर्तामोड २ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा दैनिक तीन सो नाटक रुवा मञ्चन गरिने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *