Sajhamanch Archive

ब्राजिलको एक जेलमा कैदी बन्दीबीच झडप ५२ जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । ब्राजिलको पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । १६ जनाको शीर छेदन गरिएको छ ।

अधिकारीका अनुसार अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो । अधिकारीहरुका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो ।

स्थानीय मिडियाहरुका अनुसार जेलको एकातर्फ रहेका कैदीहरु अर्कोतर्फ बसेका कैदीहरुको समूहमा पुगेपछि सुरु भएको विवादले झडपको रुप लिएको हो ।कैदीबन्दीहरुले जेलका दुई अधिकारीलाई बन्धक पनि बनाएका थिए । यद्यपि उनीहरुलाई कैदीको नियन्त्रणबाट मुक्त गराइ सकिएको छ ।

झडपको क्रममा जेलभित्रै आगो लगाइएको थियो र धुँवाको कारण श्वासप्रस्वासमा समस्या आएर पनि केहीको मृत्यु भएको बताइएको छ । ब्राजिलका टेलिभिजनहरुले जेलको भवनबाट धुँवा निस्किरहेको र केही कैदीहरु जेलको छतमाथि हिँडडुल गरिरहेको दृष्य प्रसारण गरेका छन् ।

ब्राजिलका सञ्चारमाध्यमहरुका अनुसार अल्टामिरा जेलको क्षमता २ सय रहे पनि ३ सय ११ जना कैदीलाई राखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *