Sajhamanch Archive

गोरे यता डिल्लीबजारको जेलमा, रक्षा परिन् मायाको जालझेलमा

Published: (Updated: ) in विविधा by .

काठमाडौं । खाने लाउने र रमाउने उमेरमा पैसाको रास र सुनको थाक देखेपछि मख्ख परेकी रक्षा भण्डारीका लागि अब सुनौलो दिन सकिएका छन् । उनका प्रेमी सुन तस्करी काण्ड र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको दोस्रो बयान गृह मन्त्रालयको छानबिन टोलीले जारी राखेको छ ।

उनकै बयानका आधारमा नै पछिल्ला लगानीकर्ता पक्राउ गरिएको सुरक्षा स्रोतले जनाएको छ । समितिका संयोजक सह–सचिव इश्वरराज पौडेलले अब सुन तस्करीको अन्तिम विन्दुमा पुगेको बताइसकेका छन् । हरेक प्रकरण र संलग्नताका विषयमा स्पष्ट खुलिसकेपछि अब छानबिन समितिले अभियोगपत्रमा जोडेका दुई नामलाई के गर्छ ? उनीहरू अहिलेसम्म प्रहरीको पकडमा आउन सकेका छैनन् । ति हुन् गोरेपत्नी नर्बदा खरेल ‘निरू’ र गोरे प्रेमिका भनिएकी रक्षा भण्डारी ।

नर्बदा र अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलबीचको अडियो कुराकानी सार्वजनिक भएपछि सुन प्रकरणमा उनको संलग्नता पुष्टि भइसकेको छ । तर भण्डारीको संलग्नतामा समितिको दाबी मात्र हो । गैरीघाटमा सुन लुकाउने स्थान र लगानीकर्ता मध्येकी एकजना भण्डारी पनि रहेको छानबिन समितिको दाबी थियो ।

तर भण्डारी कहाँ छिन् ? के भण्डारीलाई फसाइएको हो र ?

सुरक्षा स्रोतको दाबीअनुसार भण्डारीको पूर्ण सहयोग गोरेलाई रहँदै आएको थियो । सुन, पैसा र सुविधाका कारण भण्डारीले गोरेलाई मद्दत गरेकी हुन् । पैसाकै कारण गोरेसँग प्रेममा रहेको पनि बुझिएको थियो । त्यसो त गोरेका सार्वजनिक भएका भिडियो, नर्बदाको सञ्जेलसँगको गुनासोलाई विश्लेषण गर्ने हो भने गोरे भण्डारीसँग नै बढि व्यस्त हुने थिए । नर्बदाले त्यो अडियोमा भनेकी छन्,‘साथीभाई भन्यो, परिवारलाई त समय नै छैन ।’

अलिक रसिक स्वभागका गोरेको एउटा गँजेडी तालको भिडियो नृत्य पनि बाहिरिएको थियो । नर्बदाको गुनासोलाई मान्ने हो भने गोरे रक्षाको प्रेममा सायद परेका थिए र समय दिँदैन थिए । ठूलो सपनाको संसार गोरेको इन्काउन्टर योजनादेखि पक्राउ प्रकरणसम्ममा टुंगिएको छ । गोरे यता डिल्लिबजारको जेलमा परिरहँदा रक्षा मायाको जालझेलमा परिन् । उनले गोरेसँग देखेका सपना त सकियो नै, लगानीकर्तामा नाम आएपछि जेलको बाटो देख्नुपर्ने बाध्यता पनि रह्यो । त्यसैले भगौडामा परेकी छन् ।

‘यस प्रकरणमा युवतीहरूको भुमिका प्रमुख देखिन आएको छ । त्यसकारणले संलग्नता छैन वा हुन सक्तैन भन्ने छँदै छैन । हत्याका विषयमा आएका कतिपय बयान पनि युवतीकै कारण देखिएको छ’, एक अधिकारीले भने,‘त्यसकारण खोजी र अनुसन्धानमा भावुकता होइन तथ्यका आधारलाई नजरअन्दाज गरिँदैन ।’

छानबिन समितिले यस प्रकरणका सबै कित्ताकाट गरी कानुनसम्मत कारबाहीको चरणलाई अझ बलियो बनाइरहँदा रक्षा फेला परेकी छैनन् । रक्षालाई प्रेमिका मात्र होइन, गोरेले आफ्नै रकममा लगानीकर्ता पनि बनाएका थिए । तर गोरेले बयानका क्रममा पनि पत्नी नर्बदा खरेल र ‘प्रियसी’ भण्डारीका बारेमा न छानबिन समितिमा केही भनेका छन् न अदालतमा नै कुनै जवाफ दिए । तर, छानबिन समितिले जिल्ला अदालत मोरङमा दायर गरेको पहिलो अभियोगपत्रमा भण्डारीलाई लगानीकर्ताको मुद्दा लगाएको थियो ।

गोरेले दिएका बयानमा यस प्रकरणका लगानीकर्ता, प्रहरी र अन्यको मात्र नाम छ । उनले पत्नी र प्रेमिकालाई जोगाएका छन्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *