Sajhamanch Archive

स्कुल बिभागमा कुनै बिवाद छैन मिडियाले हल्ला फिजायोः पूर्वप्रधानमन्त्री खनाल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपालका बरिष्ठ नेता झलनाथ खनालले मिडियामा आए जस्तो स्कुल बिभागको बारेमा कुनै बिवाद नभएको बताएका छन् ।

प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा खनालले स्कुल बिभागको जिम्मेवारी पार्टी चाँडै टुङग्याउने बताए ।
नेकपाका वरिष्ठ नेता खनालले स्कुल बिभागका लागि नेकपाका ईश्वर पोखरेल, नारायण काजी र झलनाथ खनाल लगायत धेरै नेता योग्य रहेको बताए । उनले स्कुल बिभागका बारेमा भ्रममा नपर्न आग्रह समेत गरे ।

नेता खनालले अब चाडै पाटी एकता टुङ्ग्याएर मन्त्री मण्डल हेरफेर बारे निर्णय गरिने जानकारी दिए । सरकारको कामलाई गति दिन मन्त्रीमण्डल हेरफेर अनिवार्य रहेको बताउँदै खनालले भने, को को मन्त्री परिवर्तन हुन्छन् भन्ने चै पार्टीको छलफलले टुङ्ग्याउने छ ।
नेता खनालले तीन तहको सरकार बिकासको मार्गमा रहेको जिकिर गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *