जंगली च्याउ खाँदा एक जनाको मृत्यु
Published:
by .जिल्लाको फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँदा ४८ बर्षीया सुनिता चेम्जोङको मृत्यु भएको फाल्गुनन्द–५, का वडा अध्यक्ष अबिन्द्र चेम्जोङले बताए ।
साउन ७ गते जंगलबाट ल्याएको च्याउ खाएपछि सुनिता र उनकी सासुआमा सन्तमाया चेम्जोङ बिरामी परेका थिए । बिरामी परेकी सुनिताको बिराटनगरस्थित नर्सिङहोम अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी परेकी सन्तमायाको भने झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Comments