जबरजस्ती करणीको अभियोगमा दुई पक्राउ
Published:
by .नवलपरासी । ११ वर्षकी बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महिनादेखि ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गर्दै आएको खुलेको छ ।
सोही प्रकृतिको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी बताए । पक्राउ परेका दुवैलाई जबरजस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Comments