Sajhamanch Archive

जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । जापानमा अत्यधिक गर्मीका कारण गएको एक सातामा ११ जनाको ज्यान गएको जापानी अधिकारीले बताएका छन् ।

गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भू–भागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।

गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक हजार १९९ जनालाई अस्पतालमा राखेर केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् ।

गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये एक हजार ७९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत बिरामी ६५ बर्षमाथिका वृद्धवृद्धा रहेका बताइएको छ ।

आइची क्षेत्रमा सवैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका त्यहाँको प्रशासनले जनाएको छ । त्यस्तैे, ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरि राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *