Sajhamanch Archive

अफगानिस्तानमा बेवारिसे बमलाई बसको ठक्कर, ३२ जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by .

अफगानिस्तानको कान्दाहार-हिरत राजमार्गमा गुडिरहेको बसमा बम विस्फोट हुँदा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको जनाइएको छ ।

बुधबार तालिवान समूहले कान्दाहर- हिरत सडक खण्डमा राखेको बम विस्फोट ३२ जनाको मृत्यु भएको र १७ जना घाइते भएको फराह प्रान्तका प्रवक्ता मुहीबुल्लाह मुहीबले जानकारी दिएका छन् ।

अफगानिस्तान तथा अन्य सैन्य फौजलाई लक्षित गरी तालिवान समूहले बम राखेका थिए, उनले भने, उक्त दुर्घटनामा ज्यान गुमाउने सबै सर्वसाधारण हुन्, जसमा महिला तथा बालबालिका बढी छन् ।

तालिवान समूहले भने उक्त विस्फोटका विषयमा कुनै प्रतिक्रिया दिएको छैन । उक्त क्षेत्रमा तालिवान समूहका लडाकू भएको र बारम्बार अफगानी सेना र सरकारी अधिकारी लक्षित बम विस्फोट गराउने गरेका थिए ।

अफगानिस्तानमा निरन्तरको तालिवान आक्रमण, आईएसआईएस र अन्य समूहका लडाकूले दैनिक हमला गर्दा सुरक्षा व्यवस्था निकै कमजोर बनेको छ । जसका कारण ठूलो संख्यामा सर्वसाधारण, सरकारी अधिकारी र अफगानी सेनाले ज्यान गुमाएका छन् ।

आधा शताव्दीदेखि अफगानिस्तामा सक्रिय तालिवान समूहले गत वर्ष अमेरिकी प्रतिनिधिसँग कतारमा वार्ता गरेको थियो । उनीहरु सहमति नजिकै पुगेको बताए पनि अमेरिका सेना फिर्ता गर्नुपर्ने शर्त राखेको थियो ।

सन् २०१९ को पहिलो छ महिनामा १३ सय ६६ सर्वसाधारणको मृत्यु तथा दुई हजार ४४६ जना घाइते भएको तथ्यांक मंगलबार संयुक्त राष्ट्र संघले जनाएको छ । जसमा एक तिहाइ बालबालिकाको मृत्यु भएको जनाइएको छ ।
(अलजजिरा)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *