Sajhamanch Archive

ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी

Published: in विविधा, विश्व समाचार by .

अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् ।

अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ ।

गत फेबु्रअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो ।

साउदी अरेबियाले गत मार्चमा उनको नागरिकता खोसेको थियो ।

करिब ३० वर्षको भएका ठानिएका हम्जा बिन लादेन अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए ।

यता संवाददाताहरूले हम्जाको मृत्युबारे प्रश्न गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका थिए ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि यसबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

हम्जा बिन लादेनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए ।

ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *