Sajhamanch Archive

यस्तो हुन्छ बिहीबार जन्मेका मान्छेहरूको स्वभाव

Published: in विविधा, समाज by .

ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यावहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउँदै आएका छन् । बिहीबार जन्मेका व्यक्तिहरुको स्वभाव निकै शान्त हुन्छ भने यिनीहरु एकदम समझदार हुने गर्दछन् ।

यस्ता व्यक्तिहरुको मन सफा र स्वच्छ हुनुका साथै उनीहरु आफ्नै बिचार धाराका मालिक हुने गर्छन् । यस्ता व्यक्तिहरुलाई स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न रुचाउँदैनन् । मानिसहरुसँग राम्रो व्यवहार र निकै इज्जत गर्ने भएको कारण बिहीबार जन्मेका व्यक्ति अरु मानिसहरुका लागि आदर्शको पात्र बन्ने गरेको हुन्छ । यस्ता व्यक्तिहरुको भित्र नेतृत्व गर्ने गुण भएका कारण जुन क्षेत्रमा काम गर्दा पनि त्यस ठाउँमा उच्च पद हाँसिल गर्न धेरै समय लाग्दैन ।

यस्ता व्यक्तिहरु निकै मेहेनती हुने भएकाले धेरै पैसा कमाउने गर्दछन् र लोभ नगरी मन खोलेर खर्च पनि गर्छन् । यिनीहरुलाई आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहन्छन् । बिहीबार जन्मेका मानिसहरु स्ट्रेट फरवार्ड हुनुका साथै सुन्दरतालाई मन पराउने खालका हुन्छन् । बिहीबार जन्मेका व्यक्ति सुन्दर, आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसोले प्रेम विवाह गर्न रुचाउँछन् ।

उनीहरुको वैवाहिक जीवन पनि सुखमय हुने गर्दछ । यस्ता व्यक्तिहरुले चाँडै नै मानिसहरुलाई विश्वास गर्ने भएका कारणले प्रतिफल भोग्नु पर्ने हुन्छ । यस्ता व्यक्तिहरुको धेरै साथीहरु भएतापनि साँचो मिल्ने मित्र निकै कम हुने गर्छ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा बिहीबार जन्मेका व्यक्तिहरुलाई धेरैजसो सानो तिनो रोग जस्तै ज्वरो, पेट अथवा टाउको दुखाइले दुःख दिइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *