Sajhamanch Archive

ज्वाईबाटै सासु बलात्कृत !

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

सल्यान । नेपाली समाजमा सासुलाई आमा सरह मान्ने परम्परा छ । तर पर्वतमा एक ज्वाई दिदी सासुलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

५२ वर्षीया दिदी सासुलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका–५ रीम निवासी बोल्न नसक्ने दिदी सासुलाई घरमा कोही नभएको मौका पारी बलात्कार गरेको आरोपमा ज्वाई नाता पर्ने युवक बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय लुहामका इञ्चार्ज नरबहादुर खड्काले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो घरमा कोही नभएको मौका छोपी माइतीमा बस्दै आएकी यी महिलालाई बलात्कार गरेको गाउँका महिलाले देखेपछि पीडितका आफन्तलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण बुधबार जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *