Sajhamanch Archive

स्प्रिङडेल/मनकामना माविले हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बितामोड । बिर्तामोडस्थित स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्टले कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

स्प्रिङडेलका प्रिन्सिपल निरज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई होटल म्यानेजमेन्ट विषयका विविध आयामहरुबारे जानकारी दिइएको थियो । मनकामना माविमा यसै वर्षदेखि कक्षा ११–१२ मा थप गरिएको होटल म्यानेजमेन्ट विषयका बारेमा प्रमुख प्रेमप्रसाद भट्टराई, मनकामना क्याम्पसका शिक्षा कोअर्डिनेटर कुमार थपलिया, स्प्रिङडेलका डाइरेक्टर रोहित ओझालगायतले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।

सो अवसरमा मनकामनाका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले होटल म्यानेजमेन्ट विषय अझ बढी व्यवस्थित तरिकाले सञ्चालन गर्न स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्टसँग सहकार्य गरेर अघि बढेको बताए ।

कार्यक्रम विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा विनु मगर, डेनिल गुरुङ, रेनु निरौला र निता कटुवाल रहेका छन् ।

कार्यक्रम बोल्दै स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्टका प्रिन्सिपल निरज श्रेष्ठले सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक तरिकाले विद्यार्थीहरुलाई अध्ययन गराएर सकेसम्म उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

शिक्षक भगवती लिम्बूले शब्दबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन एलसी श्रेष्ठले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *