टेबल–कुर्सीमा बसेर खानु हुन्छ ? यो पढ्नुहोस्
Published:
by .केही वर्ष अघि सम्म मानिसहरु खाना खानकालागि भुईमा पलेटी कसेर बस्थे । पलेटी मारेर खाना खानु पारिवारिक परम्परा पनि हो । घरका प्रायः सबै सदस्यसँगै बसेर खाना परम्परा पुरानो हो । यसरी सँगै खाना खाँदा पारिवारिक एकता तथा तालमेलमा अभिवृद्धी हुने मानिन्छ ।
तर भौतिक सुखमा केन्द्रित भएपछि मानिसहरुले बिस्तारै पलेटी मारेर खाना खान छाडेका छन् । टेबुल कुर्सीमा बसेर खान खानुलाई आधुनिक सभ्यताको रुपमा लिने गरिन्छ ।
टेबलकुर्सीमा बसेर खानु भन्दा पनि भुईमा पलेटी कसी बसेर खाना खाने गर्दा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । योग दर्शनका दृष्टिकोणमा हेर्ने हो भने पलेटी मारेर बस्नुलाई सुखासन मानिन्छ ।
यो आसनमा बस्दा मानिसको दिमाग आफै शान्त हुन्छ । सबै ध्यान खानाप्रति मात्र केन्द्रित हुन्छ । भुईमा पलेटी मारेर बस्दा पेट तथा ढाडका भाग लगायतका मांसपेशीहरुमा एक किसिमको हलचल हुन्छ जसको कारण पाचन प्रणाली सक्रिय हुन गई राम्ररी काम गर्न पाउँछ र हामीले खाएको खाना सजिलैसँग पच्ने हुन्छ ।
भुईमा पलेटी मारेर खान बस्दा हामीले केही अगाडी झुकेर खाना खान्छौं । खाना निल्नका लागि शरीरले पहिलेकै अवस्थामा फर्किनु पर्ने हुन्छ । खाना खानका लागि हरेक पटक अगाडी पछाडी गर्दा पेटका मांसपेशीहरुमा सक्रियता बढ्न् गई खाना पाचउँन निकै सजिलो हुन्छ ।
दिनहुँ भुईमा पलेटी मारेर खाना खाँदा पिठ्यु र ढाडको हड्डी सम्बन्धी समस्या कम हुन गइ बुढ्यौलीका समस्याबाट समेत केही मुक्ती पाउन सकिन्छ । खाना खाँदा पाचन पद्धती मात्र सक्रिय हुने नभइ खुट्टाका जोर्नीहरुलाई समेत कोमल तथा लचिलो पार्न मद्दत पुर्याउछ ।
भुईमा बसेर खाना खाँदा रक्त संचारमा पनि सुधार आउने हुन्छ जसबाट मुटुले पाचन प्रणालीमा सघाउने अङ्गहरुमा सहज ढङ्गबाट रक्त संचार हुने गर्दछ । यसरी खाना खाँदा आवश्यक्ताभन्दा बढी खाना खाने बानीबाट पनि बच्न सकिन्छ ।
यसरी पल्लेती मारेर खाना खादा फाइदा पुर्याउछ भनेर कुर्सीमै पलेटी कसेर बस्नु चै भएन । हामीले टेबुलमा बसेर खाना खाँदा शरीरको रक्त संचार खुट्टासम्म मात्र हुन जान्छ जुन खाने समय त्यति आवश्यक हुने गर्दैन् ।
Comments