Sajhamanch Archive

मिस नेपाल नर्थ अमेरिकाको फिनाले अगस्त १७ मा

Published: in टिप्स/जानकारी, by .

बोस्टन । दोस्रो मिस नेपाल नर्थ अमेरिका २०१९ को फिनाले अगस्त १७ मा न्युयोर्कमा हुने भएको छ।

प्रतियोगितामा एक क्यानडा र १६ अमेरिकाका गरी १७ प्रतिस्पर्धी फिनालेमा पुगेका छन्। अन्तिम १७ मा पुगेकामा आस्मा थापा मगर (मिनेसोटा), आस्था पाण्डे (भ्यानकुभर, क्यानडा), अन्जिला अधिकारी (मिनेसोटा), विष्णु मिश्र (ओहायो), गरिमा पौडेल (भर्जिनिया), कृति केसी (म्यासच्युसेट्स), मनिषा रोका (न्युयोर्क) र ओशिन रायमाझी (क्यालिफोर्निया) रहेका छन्।

यस्तै, राजश्री आचार्य (ओक्लहामा), रेबेका श्रेष्ठ (न्युयोर्क), रिस्ता शाह (क्यालिफोर्निया), सविना पौडेल (इडाहो), सेलिसा नेपाल (कोलोराडो), शिक्षा घिमिरे (मेरिल्याण्ड), सोनी खनाल (न्युयोर्क), सोनिक्शा थापा (पेन्सलभेनिया) र श्रीमा गजुरेल (न्युयोर्क) छन्। दोस्रो मिस नेपाल नर्थ अमेरिका २०१९ को आवेदन मार्च १ मा खुलाइएको र जुन २९ मा बन्द गरिएको थियो। जुलाई ११ मा अन्तिम प्रतिष्पर्धीको घोषणा भएको थियो। यसपटक मिस नेपाल २०१८ विजेता श्रृंखला खतिवडा मेन्टोर छिन्।  गत वर्ष न्युयोर्ककी मोनिका घलेले यो उपाधि हासिल गरेकी थिइन्।१७ प्रतिस्पर्धीको तालिम अगस्त १२–१६ मा चल्नेछ। मिस नेपाल नर्थ अमेरिकाको कार्यालय न्युयोर्कमा छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *