Sajhamanch Archive

टेक्ससको सीएलो विस्ता मलमा भिषण गोलीबारी, २० को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

बीबीसी । अमेरिकाको टेक्सस राज्यमा रहेको एक शपिङ मलमा गोलिबारीको घटना भएको छ । यसमा कम्तिमा २० मानिस मारिएको खबर छ ।

स्थानीय अधिकारीका अनुसार टेक्ससको एल पासो क्षत्रस्थित सीएलो विस्ता मलमा गोलीबारी भएको हो । यो स्थान अमेरिका–मेक्सिको सिमानाको केही माइल मात्रै टाढा छ ।

प्राप्त जानकारी अनुसार गोलीबारीका कारण कम्तीमा पनि २२ घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भती गरिएको छ ।
गोलीबारीको संलग्नताको आशंकामा प्रहरीले एक जना श्वेत युवकलाई हिरासतमा लिएको छ । प्रहरीले यो गोलीवारी एउटै व्यक्तिले गरेको जस्तो देखिएको बताएको छ । गोलीवारी भएको मलका सिसिटिभीमा देखिएका तस्विरका आधारमा उक्त युवकलाई पक्राउ गरिएको हो ।

अमेरिकी मिडियाले पक्राउ पर्ने व्यक्तिको नाम २१ वर्षिया प्याट्रिक क्रुसियस बताएको छ । उनी डालास क्षेत्रको बासिन्दा भएको विश्वास गरिएको छ ।मलमा गोलीबारीको पहिलो खबर स्थानीय समय अनुसार विहान ११ बजे आएको थियो ।

प्रहरीका अनुसार सुरुमा सिएलो विस्ता मल र त्यस नजिकको वाल मार्ट मलमा गोलीबारी भएको भएको रिपोर्ट आएको थियो । तर अन्य स्थानको भने गोलीबारी नभएको अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ताका अनुसार, प्रारम्भिक रिपोर्टमा गोलीबारीको लागि एउटा राइफल प्रयोग गरिएको जस्तो देखिएको छ ।

एल पासोका मेयर डी मार्गोले मिडियासँग कुरा गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै भने ,‘ हाम्रो सहरमा पनि यस्तो घटना होला भनेर हामीले सोचेका पनि थिएनौं । मलाई निक्कै दुःख लागेको छ ।’ घटनाप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै दुःख व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *