Sajhamanch Archive

यो वर्ष खाद्यबस्तु निर्यातभन्दा आयात झन्नै दोब्बरले बृद्वि

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, by .

झापा । माछामा आत्मनिर्भर बन्दै गएको नेपाल अन्य खाद्य वस्तुमा भने भारत लगायतका तेस्रो देशसँग निर्भर छ । माछाको आयात घटे पनि अन्य खाद्य वस्तुमा भारतको भर छ । यसबाहेक तेस्रो देशबाट आयात हुने खाद्यान्नले हाम्रो भान्सा धानिरहेको छ ।

भारत, बंगालादेश, क्यानडा, अष्ट्रेलियालगायतका मुलुकबाट तरकारी, फलफूल, चामल लगायतका खाद्यवस्तु नेपाल भित्रिन्छन् । तिनको आयात परिमाण बर्सेनि दोब्बर छ । क्यानेडाबाट चना आयात हुने गरेको छ । त्यस्तै अष्टे«लियाबाट मसुरोको दाल र बंगालादेशबाट मटर केराउको दाना आयात हुने भन्सार रेकर्डले देखाउँछ ।

क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयका अनुसार साउनयता आठ महिनामा क्यानडाबाट चना ३७३, अष्ट्रेलियाबाट मसुरोकोे दाना ६ हजार ४५८ र बंगलादेशबाट मटर केराउको दाना २ हजार २३३ मेट्रिक टन आयात भएको छ ।

पूर्वी नाकाबाट अत्याधिक खाद्यबस्तु नेपाल भित्रिन्छ । गत साउनयता आठ महिनाको तथ्यांक हेर्दा निर्यातभन्दा आयात दोब्बर भएको देखिन्छ । यो क्रम बर्सेनि बढेको बढ्यै छ ।

२०७४ साउनदेखि फागुनसम्ममा ८० हजार ११९ मेट्रिक टन खाद्यबस्तु आयात भएको छ भने ४६ हजार ५८४ मेट्रिक टन खाद्यवस्तु निर्यात भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भारतलगायत तेस्रो मुलुकबाट आयात हुने वस्तुहरुको परिमाणमा धान ४२१, कोदो ५ हजार ४८, मकै १ हजार ५१९, मटर केराउ दाना २ हजार २३३, मसुरो दाना ६ हजार ४५८, रहर दाना २ हजार ६९, मुङ दाल दाना ५१०, मास दाना ११ हजार ७९ चना ३७३ मेट्रिक टन रहेको देखिन्छ ।

तरकारीतर्फ काउली २ हजार ४६७, गाँजर १३७, कोला २ हजार ८३२, खोर्सानी २ हजार ७८०, प्याज २ हजार ८५९, काँक्रो १ हजार २९२, टमाटर १ हजार २३४, बोडी ७७, बन्दाकोपी १ हजार ६४४, भिण्डी १६१, परवल २२०, घिरौँला ९९, सिमी ७८०, हरियो काउली ७०४, आलु ६ हजार ३२५, लसुन ३१६ मेट्रिक टन रहेको छ ।

यसैगरी, फलफूलमा स्याउ १ हजार १०६, मौसम १०६, कागती ६३, अनार २७९, आँप १६०, केरा १ हजार ८००, अनारस ६६४, अंगुर ११५, अनारस ११२ मेट्रिक टन आयात भएको छ ।

त्यसैगरी, नेपालबाट भारतलगायत तेस्रो मुलुक निर्यात हुने वस्तुहरुमा अदुवा १९ हजार ९९८, अम्लिसो ९ हजार १३५, बन्दा ७ हजार १८१, मसुरो दाल ७ हजार १६६, जडिबुटीमा पदमचाल ८, रिट्ठा १४० दशमलव ५, चिराइतो ५३, मजितो ३९ दशमलव १,

तोरीपिना १ हजार ६२१, चुनीभुसी ३६२, राइस ब्रान ८८० मेट्रिक टन रहेको छ ।

गत आठ महिनाको आयत निर्यातको तथ्याङक हेर्दा निर्यातभन्दा आयात झन्नै दोब्बरले बृद्वि भएको छ ।

साउनयता आठ महिनामा भारतलगायत विभिन्न मुलुकमा ४६ हजार ५८४ मेट्रिक टन खाद्य वस्तु निर्यात भएको छ । तर, ती मुलुकहरुबाट ८० हजार ११९ मेट्रिक टन विभिन्न खाद्य वस्तु आयात भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

गतवर्ष पनि निर्यातभन्दा आयात नै बढी भएको थियो । कार्यालयका अनुसार गतवर्ष १ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ मूल्य बराबरको ५६ हजार ५०९ मेट्रिक टन खाद्य वस्तु निर्यात भएको थियो भने विभिन्न मुलुकबाट नेपालमा ३ अर्ब २८ करोड रुपैयाँ बराबरको १ लाख १८ हजार ४३६ मेट्रिक टन खाद्य वस्तु आयात भएको क्षेत्रीय प्लान क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख सुकदेव मैनालीले जानकारी दिएका छन् ।

‘खाद्य वस्तुमा हाम्रो देश अझै परनिर्भर नै छ’, प्रमुख मैनालीले भन, ‘गतवर्षको तुलनामा साउन यता आठ महिनामा नै आयात दोब्बर पुगिसक्यो । अझै चार महिनाको तथ्याङक आउन बाँकी छ, यसले झन् आयातमा डाँडा काट्छ ।’

निर्यातको तुलनामा आयात ह्वात्तै बढ्नुमा पहाडमा उब्जनी नहुनु एउटा मुख्य कारण भएको मैनालीले दावी गरे । उनका अनुसार हिमाली भेग तथा पहाडमा मानिसको बसोबास पातलो हँुदै जानुले पनि उत्पादनमा कमी आएको छ ।

‘प्रायः पहाडका मानिस तराई झरे’, मैनालीले भने, ‘तराईमा जग्गा प्लटिङ गरेर उब्जनी गर्न छोडिसके । अनि मानिस रोजगारका लागि विदेश भासिने कारण उत्पादन घटेको हो ।’

पूर्वको मुख्य सीमा नाका काँकरभिट्टामा रहेको कार्यालयले आयात निर्यात हुने खाद्य वस्तुको चेकजाँच गरेर छोड्ने गरेको छ । कार्यालयले विषादी छ, छैन भन्दा पनि रोग तथा किरा लागेको छ, छैन् त्यो मात्र हेर्ने गरेको छ । निर्यात गर्दा होस वा आयात, दुवै देशको विउ विजन समितिमा सूचीकृत विभिन्न जातका तरकारी तथा खाद्य वस्तुलाई मात्र नाकाबाट सिफारिस गरिने मैनालीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *