Sajhamanch Archive

गाउँबासी वर्षायाममा डुबेर मृत्यु भएको समाचार सुन्नु नपर्नेः सांसद साँवा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

झापा । झापा गाउँपालिका वडा नं. ६ र ७ को बीचमा पर्ने सानो माइमा बक्स पुल निर्माण भएको छ । सो पुलको प्रतिनिधिसभा सांसद एलपी साँवा र झापा गाउँपालिकाका अध्यक्ष जयनायण शाहल उद्घाटन गरेका छन् ।

बक्स पुल निर्माण भएपछि गाउँपालिकाका सबै वडा बीचका मानिसहरुलाई आवतजावत गर्न सजिलो भएको छ । सांसद एलपी साँबा लिम्बुको सांसद स्थानीय विकास पुर्वाधार कोषको ५५ लाख लागत र स्थानीयको २० प्रतिशत रकम बरावरको जनश्रमदानबाटसो पुल निर्माण भएको हो ।

कार्यक्रममा बोल्दै सांसद साबाँले आगामी बर्षमा गाउँपालिका र संघीय सांसदको आधा आधा रकममा झापा गाउँपालिकाभित्र थप दुईवटा यस प्रकारका पुल बनाई छाड्ने र कम्तीमा झापा गाउँपालिकाबासी वर्षायाममा डुबेर मृत्युको समाचार सुन्नु नपर्ने जिम्मेवारी सरकारले लिने बताए ।

उपभोक्ता समितिका अध्यक्ष गजेन्द्र ताम्लीले बक्स पुल निर्माणमा इन्जिनियरले गलत इष्टमेट बनाइदिएका कारण उपभोक्ता समितिको ठुलो क्षति व्यार्होनु परेको समेत जानकारी दिए ।

आफुहरुले बनाएको पुल सरकारले ठेकेदार कम्पनी मार्फत बनाउँदा २ करोड भन्दा माथि लागत लाग्ने समेत अध्यक्ष ताम्लीले दावी गरे । पुल निर्माण सँगै झापा गाउँपालिका वडा नम्बर १,२,३,६ र ७ नम्बर बासी प्रत्यक्ष लाभान्वित भएका छन ।

पुल नहुँदा यस क्षेत्रको गाउँमा वर्षायाममा एम्बुलेन्स लगायातका अत्यावश्यकीय साधन नजाँदा विरामी तथा साना स्कुले विद्यार्थीसमेत कठिनाई पर्दै आएको झापा गाउँपालिका वार्ड नम्बर ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताए ।

सोही अवसरमा उपभोक्ता समितिले पुल निर्माणका लागि रकम निकासा गरिदिने माननीय एलपी साँवा र कम लागतमा पुल निर्माणका लागि सहयोग गर्ने तोयाव हुसेनलाई सम्मान समेत गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *