Sajhamanch Archive

६६औं मदन जन्म जयन्तीमा रक्तदान

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । जननेता मदन भण्डारीको ६६औँ जन्म जयन्तीको अवसरमा आज बिर्तामोडमा आयोजित खुला रक्तदान कार्यक्रममा ११७ जनाले रक्तदान गरेका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसन झापा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा यो वर्षकै सबैभन्दा धेरैले रक्तदान गरेका हुन् ।

बिहीबार झापाको बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आयोजित रक्तदान कार्यक्रमको सुरुवात प्रदेशसभा सदस्य वसन्त बानियाँले गरेका थिए ।

फाउन्डेसनका अध्यक्ष देवेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेता नरेश खरेललगायत नेकपाका नेता कार्यकर्ता, व्यवसायी, विद्यार्थी, सञ्चारकर्मीलगायतले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको संयोजन घनश्याम अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *