Sajhamanch Archive

बिरामी बोकेका दुईवटा एम्बुलेन्स छुट्टा छुट्टै स्थानमा दुर्घटना

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by .

विराटनगर । बिरामी बोकेका दुईवटा एम्बुलेन्स छुट्टा छुट्टै स्थानमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

उदयपुर र सुनसरीमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा अस्पतालबाट उपचार गरी घर फर्कदै गरेका र सुत्केरी व्यथाले च्यापेका अस्पताल आउँदै गरेका महिला सहित ११ घाइते भएका हुन् ।

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नंं.१ बाट सुत्केरी ब्यथा लागेको बिरामी बोकेर विराटनगर तर्फ आउँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका वडा नंं.२ को थलाहा पुलमा आज बिहान ३ बजे ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार उदयपुर गढी गाउँपालिका वडा नंं.१ की ३२ वर्षीया सुत्केरी ब्यथा लागेको बिरामी सबिना बास्तोला, उनका श्रीमान ३६ बर्षीय खेमबहादुर बास्तोला, सोही स्थानका ३६ बर्षीय सिताराम बास्तोला घाईते भएका छन् । उनीहरुको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको छ ।

चालक सोही स्थानका २८ बर्षिय नीरबहादुर पुलामी मगरको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर उदयपुरको गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका वडा नं.६ चुरेमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा त्रियुगा नगरपालिका वडा नं.६ का सदहरुल मिया, उनका छोरा २८ वर्षीया सहिजा मिया, सोही स्थान बस्ने ३५ बर्षीय मोहमद हमिद, ४० वर्षिय सहिपुन खातुन, ७५ वर्षीय हजरा खातुन, त्रियुगा नगरपालिका वडा नं.१२ की ३२ वर्षीय अम्बिका बि.क. र उनका छोरा ११ वर्षीय अशोक बि.क. घाईते भएका हुन् ।

घाईते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *