पारिजात महिला फुटबल क्लब उपमेयर कपको फाइनलमा प्रवेश
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीमा जारी प्रदेश नं. १ स्तरीय उपमेयर कप नकाउट फुटबल प्रतियोगितामा पारिजात महिला फुटबल क्लब अर्जुनधारा फाइनलमा प्रवेश गरेको छ ।
सुरुङ्गा फुटबल क्लब कनकाईलाई ३ –० गोल अन्तरले हराउँदै पारिजात महिला फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो ।
पारिजातको तर्फबाट जर्सी नं. १५ की सुस्मिता लेप्चाले हेट्रिक गरेकी थिइन् । उनले खेलको ३३ औं मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाइन् । त्यस्तै गरी ५० औं मिनेट १ गोल र इन्जुरी टाइममा १ गोल गरी फरासिलो गोल अन्तर बनाउन सफल भइन् । पारिजातले यस अघिको खेलमा उर्लाबारी फुटबल क्लव अनुपस्थित भएपछि वाकओभर पाएको थियो । सुरुङ्गा महिला फुटबल क्लबले केही गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
खेलको म्यान अफ दी हुमेन सुस्मिता लेप्चा घोषित भइन् । बिहीबार फाइनल खेलमा सतासीधाम स्र्पोटिङ्ग क्लब झिलझिले र पारिजात महिला फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ । विजेताले टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार पाउने छन्। प्रतियोगितामा झापा, इलाम र मोरङ्गका गरी १० टिम सहभागी छन्।
Comments