Sajhamanch Archive

हत्या हुनबाट यसरी जोगिए बिराटनगरका व्यापारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं  । चामल व्यापारी जितेन्द्र रायको हत्याका लागि भारतको बिहारबाट ५ लाख भारुको डिलमा बिराटनगर पुगेका दुई सूटरसहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

हाटखोलाका रायको हत्याका लागि मन्नु गुप्ताले दुई जना बोलाएका थिए । गुप्तासहित, हरिनारायण झा र सूटर कुलानकुमार सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले सिंह र गुप्तालाई विराटनगर र झालाई सर्लाहीबाट पक्राउ गरेको थियो ।

२७ जेठमा नै विराटनगरको मेट्रोसिटी होटलबाट लोड गरिएको दुई थान पेस्तोल र सात राउण्ड गोलीसहित भारतीय नागरिक सिंहलाई पक्राउ गरेको थियो । सिंहको बयानका आधारमा झन्डै दुई महिनापछि मुख्य योजनाकार मन्नु गुप्ता र ‘कन्ट्रयाक्ट किलर’ झालाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

गुप्ताले हरिनारायणमार्फत् रायको हत्या योजना बनाएका थिए । विराटनगर आएकामध्ये भारतीय नागरिक राजकुमार रौनियार र राकेश झा भने फरार छन् । हत्या गरेवापत उनीहरूले जनही १ लाख ६७ हजार भारू पाउने मौखिम सम्झौता भएको थियो । बिहारको सितामढीमा हत्याको योजना बनेपछि सिंह र रौनियार रौतहटको गौर हुँदै विराटनगर आएका थिए । सोही दिन बेलुका राकेशसँगको भेटपछि उनीहरू होटल प्यासिफिकमा बसेका थिए । २६ जेठमा हत्याको योजना बिहारमा नै बनेको थियो ।

२७ जेठमा राकेशले सुटर सिंह र रौनियारलाई विराटनगर रायको घरमा निगरानी गर्न खटाएका थिए । दुई जनालाई भारू ६–६ हजार दिएर बाँकी रकम हत्यापछि सितामढीमा दिने भन्दै विराटनगर छाडेका थिए ।

रायको हत्याका लागि २७ जेठ दिउँसो सिंह उनको घर पुगेका थिए । संयोगवस राय त्यहाँ थिएनन् । रायको हत्या गर्ने योजना असफल भएपछि प्यासिफिक छाडेर होटल मेट्रोसिटी गीत–गजलमा सूटर बसेका थिए । जहाँ मदिरा सेवन गरेर नाचगान गर्दा हतियार बोकेको देखिएपछि प्रहरीलाई खबर भयो र सिंहलाई नियन्त्रणमा लिइएको थियो ।

गुप्ता र रायबीच ८५ लाखको लेनदेन थियो । प्रहरी अनुसन्धानको रिपोर्टअनुसार रायले आफ्नो घर बैंक कर्जाबाट मुक्त गराउन गुप्तासँग ८५ लाख रुपैयाँ सापटी लिएका थिए । ब्याज तिर्नु नपर्ने सर्तमा पैसा दिएर गुप्ताले पत्नीको नाममा रायको घर पास गराए । तर, गुप्ता बलात्कार अभियोगमा जेल परे ।

रायले नै षडयन्त्र गरेर बलात्कारको अभियोग लगाएको भनी बदला लिनका लागि गुप्ताले हत्याको योजना बनाएका थिए जुन संयोगबस् सफल हुन सकेन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *