Sajhamanch Archive

असहाय बालबालिकाको रक्षकः किरण तिम्सिना

Published: in भिडियो, समाज by .

संसारमा धैेरै बालबालिका अभिभावक विहीन छन् । आमा बुवाको माया कस्तो हुन्छ, पाउनु त टाढाको कुरा महसुस गर्न समेत पाएका हुँदैनन् । कतिले सानै उमेरमा अभिभावक गुमाएर टुहुरा भएका हुन्छन त कतिले अभिभावक साथमै भएर पनि तिनको माया खड्किएको महसुस गरिरहेका हुन्छन् । तर यही समाज, जहाँ यस्ता पनि मान्छे रहेछन्, जो आफ्नो पराई केही नभनी आफैंले जन्माए सरह बच्चालाई माया ममता दिइरहेका छन् ।

बिर्तामोड नगरपालिका वडा नं ८ हर्चानामा बसोबास गर्ने साइली भाउजू अर्थात किरण तिम्सिनालाई गरिब दुखी र असहाय बालबालिकाको उपचार, उद्धार एवम् सहयोग गर्न पाउँदा मनै रमाउँछ रे ! सानै उमेरमा विवाह, अनि बर्सेनिका छोराछारी, २३ वर्षको रहरलाग्दो उमेरमा श्रीमान गुमाउनु पर्दाको पीडा अझै मुटुमा गाडिएको छ । भावुक हुँदै, भक्कानिँदै, त्यही चोट र शोकलाई शक्तिमा बदल्ने अठोट पूरा गर्दै रहेकी सामाजिक व्यतिmत्व किरण तिम्सिनाको जीवन संघर्ष ज्यादै प्रेरणादायी छ ।

पूरा हेरौं, सुनौ तलको भिडियो :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *