Sajhamanch Archive

घाँस काट्न जङ्गल गएकी युवती प्रहरीबाटै बलात्कृत ’

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

ओेखलढुङ्गा । घाँस काट्न जङ्गल गएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीका एक जवान पक्राउ परेका छन् ।

प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन् । स्थानीय १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप उनीमाथि छ । सप्तरी घर भएका प्रहरी जवान यादवले मंगलबार घाँस काट्न गएकी किशोरीलाई जङ्गलमै जबरजस्ती करणी गरेको पीडितको आरोप छ ।

यादवले जबरजस्ती करणी गरिरहेका बेला किशोरीका बुबाले फेला पारेपछि घटना बाहिर आएको जनाइएको छ । यादवले यसअघि पनि ती किशोरीलाई जङ्गलमै घाँस काट्न गएको समयमा बलात्कार गरेको आरोप लगाइएको छ ।

आरोपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले बताए । जिल्ला अदालत ओखलढुङ्गाबाट म्याद थप गरी अनुसन्धान थालिएको उनको भनाइ छ । यादवले गल्ती गरेको भए कडा कार्बाही गर्ने प्रमुख मल्लको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *