मानव बेचविखनका दोषी नौ वर्षपछि पक्राउ
Published:
by .काँकडभिट्टा । मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा ९ वर्ष सजाय तोकिएका फरार एक जनालाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका वडा नंं.४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाले २०६७ असार १४ गतेको फैसलाअनुसार ९ वर्ष कैद र ५ पाँच लाख ३० हजार जरिवाना तोकेको अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बिहिबार पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको झापा प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
Comments