गंगामायाको स्वास्थ्य अवस्था नाजुक
Published:
by .काठमाडौं । ३० दिनदेखि वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारको स्वास्थ्य गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ।
उनलाई आईसीयूमा राखिएको छ। कान्तिपुर दैनिकले लेखेको छ– १३वर्षअघि भएको छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै उनी अनशन बसेकी हुन्। ‘उनको स्वास्थ्य गम्भीर भए पनि स्थिर छ’, मस्पतालका निर्देशक डा. भूपेन्द्र थापाले भने। उनका अनुसार गंगामायाको रगतको रुटिन परीक्षणप्रतिवेदन सामान्य देखिएको छ।
मानव अधिकार आयोगले गंगामायाको जीवनरक्षाका लागि संवेदनशील हुन सरकालाई आग्रह गरेको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले बिहीबार गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भटमा गंगामायाको अवस्था नाजुक बन्दै गएको भन्दै संवेदनशील बन्न आग्रह गरेका हुन्।
Comments