Sajhamanch Archive

कस्मिरमा कफ्र्यु, काठमाडौँमा छटपटी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । राज्यका सै विशेषधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् ।

पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । लामो समयदेखि द्वन्दवको चपेटामा परेको कस्मिरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।

काठमाडौँका विभिन्न गल्लीमा कस्मिरीहरु छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरुको खबर नपाउँदा यहाँ रहेकाहरुबीच चिन्ता छ ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *