Sajhamanch Archive

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा शक्तिशाली बम विष्फोट

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । झापाको विर्तामोड नगरपालिकाको गरामनी स्थित वडा कार्यलयमा आज विहान बम विष्फोट भएको छ । नगरको ७, ८ र ९ तीन वटै वडाको कार्यालय रहेको भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको स्थानीयले जानकारी दिएका छन् ।

विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल प्रस्थान गरेको छ । बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ । यद्यपि वडा कार्यालयहरुमा विप्लव समूहले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *