बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
Published: (Updated: )
by .काठमाडौं । ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौ महानगरपालिकाका एक जना स्थायी कर्मचारी पक्राउ परेका छन् ।
पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका वडा नं.१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।
उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले बताए।
बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबरर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
Comments