Sajhamanch Archive

हङकङ विमानस्थलमा हजारौँ प्रदर्शनकारी, आजका सबै उडान स्थगित

Published: in विश्व समाचार by .

केही सातादेखिको आन्दोलन हिंसात्मक बन्दै गएपछि आज हङकङ विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएका छन् ।

प्रजातन्त्र पक्षधरहरुले विमानस्थलको मुख्य टर्मिनलमै आन्दोलन गर्न थालेपछि सबै उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको आगमन कक्षमा हजारौँको संख्यामा प्रदर्शनकारी भेला भएपछि हङकङ विमानस्थलमा आउने र जाने सबै उडान स्थगित गरिएको हो । हङकङ विमानस्थल संसारकै व्यस्त विमानस्थलहरुमध्यको एक हो ।

गएको जुनदेखि हङकङमा नयाँ सुपुर्दगी विधेयकलाई लिएर विरोध प्रदर्शन हुँदै आएको छ । सरकारले विधेयक फिर्ता गरे पनि आन्दोलन भने थामिएको छैन ।

चीन सरकारले भने हङकङमा पछिल्ला दिनमा आन्दोलन हिंसात्मक भएको बताएको छ । चीन सरकारले हङकङको ‘हिंसात्मक आन्दोलन’लाई आतंककारी गतिविधिको संज्ञा दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *